लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले काठमाडौंका दुई स्थानीय तहमा उम्मेदवारी दिएको छ।
लोसपाले काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा उम्मेदवारी दिएको छ।
काठमामाडौं महानगरपालिकामा दानिद्र जोशीले मेयर र उदय खड्गीले उपमेयरमा उम्मेदवारी दिएका छन्।
लोसपाले काठमाडौं महानगरका वडा नं ७, ९, ११, १५, २०, ३० र ३१ मा वडा अध्यक्षमा समेत उम्मेदवारी दिएको छ।
लोसपाले बुढानिलकण्ठको मेयरमा सिताराम विश्वकर्मालाई उम्मेदवार बनाएको छ। त्यस्तै वडा नं ८, ११ र १२ मा वडा अध्यक्षको उम्मेदवारी दिएको छ।