स्थनीय तह निर्वाचनको लागि उम्मेदवारी दिनेको संख्या एक लाख ४७ हजार २७४ पुगेको छ।
निर्वाचन आयोगले मंगलबार दिउँसो सवा ३ बजे दिएको अपडेटका अनुसार हालसम्म सो संख्याको उम्मेदवारी परेको हो।
आयोगले उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको दिएको थियो। तर दलहरू पहिलो दिन उम्मेदवारी दर्ता गराउन गएनन्।
जसकारण उम्मेदवारी दर्ता गराउने समय धकेलिएको थियो।
त्यसअनुसार हालसम्म देशभर एक लाख ४७ हजार २७४ जनाको उम्मदवारी परेको हो।
प्रमुख पदमा मात्रै ३ हजार ४३० जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी परेको हो।
१ नम्बर प्रदेशमा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाको उम्मेदवारी परेको हो।