गाउँपालिकाको अध्यक्ष लड्न जिल्ला शिक्षा समन्वय इकाईको जागिर छाडेका डोलराज पाण्डेलाई पार्टीले टिकट दिएन।
पाण्डेले नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न जिल्ला शिक्षा समन्वय इकाई नवलपरासीको प्रमुखको जागिर छाडेका थिए। तर उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएन।
बुलिङटारको अध्यक्षमा कांग्रेसले शशिकिरण बस्ताकोटीलाई उम्मेदवार बनायो। बास्ताकोटीले यसअघि पनि उक्त गाउँपालिकाको अध्यक्ष जितेका थिए।