निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको बताएको छ।
सोमबारसम्म एक करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ।
ती मतपत्र ६३ जिल्लालाई पुग्छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको बताए।
बाँकी मतपत्र छपाइलाई निरन्तरता दिइएको उनको भनाइ छ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आयोगले एक करोड ९४ लाख मतपत्र लाग्ने अनुमान गरेको छ।