गत निर्वाचनमा झिनो मतले मेयर पद गुमाएका माडी कांग्रेसका एक जना नेता यसपालि उपमेयरको उम्मेदवार बनेका छन्।
२०७४ सालको निर्वाचनमा चितवनको माडी नगरपालिकामा मेयर पदमा पराजित भएका खेमप्रसाद महतो यसपालि गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका हुन्। महतो अघिल्लोपटक नेकपा माओवादीका उम्मेदवार ठाकुरप्रसाद ढकालसँग जम्मा ४४ मतले पराजित भएका थिए।
यसपालि गठबन्धनले माओवादीका ऋषि काफ्लेलाई मेयरको उम्मेदवार बनाएको छ।
माडीमा नेकपा एमालेले राप्रपासँग तालमेल गरेको छ। मेयरमा एमालेकी ताराकाजी महतो र उपमेयरमा राप्रपाका मदन पौडेललाई आधिकारिक उम्मेदवार बनाउने सहमति यी दुई पार्टीले गरेका छन्।
माडी नगरपालिकामा गत निर्वाचनमा नेकपा एमाले तेश्रो र राप्रपा चौथो भएकमा थिए।