कैलालीमा गत निर्वाचनमा एक कार्यकाल सम्हालेका ५ जना प्रमुख र २ जना उपप्रमुखले यसपालि दोहोर्याएर उम्मेदवारी दर्ता गराएका छन्।
धनगढी उपमहानगरपालिकामा पुनः मेयरमा चुनाव लड्न कांग्रेसका नृपबहादुर वडले उम्मेदवारी दिएका छन्।
कैलारी गाउँपालिकामा अघिल्लो कार्यकाल सम्हालेका माओवादीका लाजुराम चाैधरी, भजनीमा मेयरका लागि पुनः माओवादीकै शेरबहादुर चाैधरीले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै लम्किचुहा नगरपालिकामा एमालेका महादेव बजगाईंले फेरि मेयरका लागि चुनाव लड्न उम्मेदवारी दर्ता गराएका छन्।
घाेडाघाेडी नगरपालिकामा पनि एमालेका ममताप्रसाद चाैधरीले फेरि नगर प्रमुख उम्मेदवारी दर्ता गराएका छन्।
गाेदावरी नगरपालिका उपमेयरमा एमालेबाट पुनः रत्ना कडायतले उम्मेदवारी दर्ता गराएकी छन्।
गाैरीगंगा नगरपालिकामा भने नेकपा एमालेबाट यसअघि चुनाव जितेकी अञ्चला चाैधरीले यसपटक पार्टीबाट टिकट नपाएको भन्दै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।