घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि सोमबार यसअघिका एमालेका मेयर नरूलाल चौधरीले फेरि मनोनयन दर्ता गराएका छन्।
सोमबार बेलुका घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर चौधरीले मनोनयन दर्ता गराएका हुन्। उनले आइतबार मात्रै मेयरबाट राजीनामा दिएका थिए।
त्यस्तै, उपमेयरमा हुमा डिसीले उम्मेदवारी दर्ता गराएकी छन्।
घोराहीमा दोहोरिन खोजिरहेका चौधरी एमालेका पोलिट ब्युरो सदस्य हुन्। उनी पूर्वपत्रकारसमेत हुन्। जसले २०५२ सालदेखि २०५४ सालसम्म रेडियो नेपालमा काम गरेका थिए।
घोराहीमा कृत्रिम जलाशय निर्माण, फोहोर व्यवस्थापन, सडक निर्माण र बायो ग्यास उत्पादनमा चौधरीले खेलेको भूमिकाको प्रशंसा हुने गरेको छ।