विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता दुर्गाप्रसाद सुवेदीले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन्।
सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्।
सुवेदीले सरकारी निकायमा हुने भ्रष्टाचारको अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताए।
पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण स्वतन्त्र रूपमा उम्मेदवारी दिएको सुवेदीले बताए।
उनी उक्त पार्टीको भरतपुर महानगर इन्चार्ज हुन्।