नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनबाट भरतपुर महानगरको उपमेयरमा हिमाला गुरूङ उम्मेदवार बनेकी छन्।
राप्रपाकी जिल्ला उपाध्यक्ष रहेकी गुरूङले केहीबेरअघि उपमेयरमा उम्मेदवारी दर्ता गरेकी छन्।
यसअघि एमाले र राप्रपाबीच भरतपुरमा गठबन्धन गर्ने सहमति भएको थियो। उक्त सहमति अनुसार एमालेले उपमेयर र दुई वडाध्यक्षमा राप्रपा उम्मेदवारलाई सघाउने छ।
सत्तारूढ गठबन्धनबाट भरतपुरमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र कांग्रेसका चित्रसेन अधिकारीले उपमेयरमा उम्मेदवारी दिएका छन्।