नेपाली कांग्रेसले उम्मेदवारी दिने अन्तिम समयमा वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको छ।
कांग्रेसले वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाएको छ भने उपमेयरमा रामकुमारी थापालाई उम्मेदवार बनाएको छ।
खड्का र थापा प्रस्ताव र समर्थकसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।
कांग्रसेबाट वीरेन्द्रनगरको मेयरमा उठेका खड्का नगर कार्य समितिका सभापति हुन्।
सोमबार बिहानसम्म गठबन्धन दलबीच सुर्खेत र रूकुम पश्चिमको पालिका बाँडफाँटबारे सहमति हुन सकेको थिएन।
सहमति नभएपछि दुवै जिल्लामा गठबन्धनभित्रका दलमध्ये कतिपय दलले आ-आफ्ना तर्फबाट उम्मेदवारी दर्ता गराउन लागेका छन्।