धनगढी उपमहानगरपालिकामा मेयरसहित ११ जना वडा अध्यक्ष फेरि दाेहाेरिएर उम्मेदवार बनेका छन्।
निर्वाचित भएर एक कार्यकाल सम्हालेका मेयर नृप वडसहित तीन दलीय गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार दाेहाेरिएका हुन्।
यसअघि वडा अध्यक्ष रहेका १ नम्बरबाट सन्तोष मुडभरी, ७ बाट सीताराम राना, १३ मा विजयराज जाेशी, १७ मा माघव राना, राजेन्द्र रानालाई कांग्रेसले पुनः दाेहाेर्याएकाे छ।
यस्तै, माओवादीबाट अघिल्लो कार्यकाल सकिएका वडा नम्बर ६ मा भागिराम चाैधरी, ११ मा गंगाराम राना, १५ मा फूलराम चाैधरी र १८ मा मुरारी अधिकारी उम्मेदवारमा दाेहाेरिएका छन्।
एमालेबाट अघिल्लो कार्यकाल सम्हालेका वडा नम्बर १९ बाट तीलुराम चाैधरी र १४ नम्बर वडाबाट जनता समाजवादीबाट रामबजारी चाैधरी पुनः दाेहाेरिने भएका हुन्।