विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले मनोनयन दर्ता गरेका छन्। यस्तै उपमेयरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका हुन्।
विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर कोइराला र यादवले एकसाथ दुवै जनाले मनोनयन दर्ता गराएका हुन्।
उपमेयरका उम्मेदवार यादवले मनोनयनका लागि बिहान ११ बजेको समय लिए पनि कांग्रेसलाई पर्खिएको बताए।