नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनका तर्फबाट एकमात्र उम्मेदवार बनाउन प्रयास गरिने बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता पुनले दुई वा दुईभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा उम्मेदवारी फिर्ता लिने समयसम्म पनि मिलाइने बताए।
'जुन स्थानीय तहमा सहमति नभइकन उम्मेदवारी दर्ता भएको छ। ती ठाउँमा सहमतिको लागि हामीले प्रयास गर्छौं,'उनले भने,'उम्मेदवारी फिर्ता लिने समयसम्म हामीले एउटै मात्र उम्मेदवार बनाउन पहल गर्छौं।'