नेपाली कांग्रेसले पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई उम्मेदवार बनाएको छ।
गठबन्धनको भागबन्डामा पोखराको उपमेयर कांग्रेसलाई परेको थियो। मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन्।
महिला संघ हुँदै नेपाली कांग्रेसको राजनीति गरेकी रानाभाट अहिले कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री छन्।