नेकपा एमालेले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सरस्वती चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ।
चौधरी अहिले उपमेयर छन्। त्यस्तै उपमेयरमा भोला अधिकारीले उम्मेदवारी दिएको एमाले बारा जिल्ला सचिवालय सदस्य मनोज पौडेलले सेतोपाटीलाई बताए। अधिकारी जितपुर सिमरा उपमहानगरपालिकाको पार्टी नगर कमिटी अध्यक्ष हुन्।
जितपुर उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा मेयर र उपमेयर दुबैमा एमाले विजयी भएको थियो।
यसपटक ५ दलीय गठबन्धनले माओवादी केन्द्रलाई मेयर र नेपाली कांग्रेसलाई उपमेयरको उम्मेदवार बनाएको छ।