जनकपुरमा उपमेयरको टिकट नपाएपछि कांग्रेस परित्याग गरेकी रूना झालाई एमालेले उपमेयरको उम्मेदवार बनाएको छ।
कांग्रेस परित्याग गरेकी उनलाई एमाले नेतृ जुली महतोले पार्टी प्रवेश गराएकी थिइन्।
यो सँगै नेपाली कांग्रेसको प्रदेश समिति सदस्य झाले पदबाट राजीनामा दिएर एमाले प्रवेश गरेकी थिइन्।
यसअघि गठबन्धनले जनकपुरको मेयरमा जसपालाई दिने निर्णय गरेपछि कांग्रेस नगर सभापति मनोज साहले पार्टी छाडेर स्वातन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको भागमा परेको उपमेयरमा किशोरी साहलाई उम्मेदवार बनाएको छ।