जनकपुरधाम उपमहानगरको मेयरमा नेपाली कांग्रेसबाट विद्रोह गरेका मनोज साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले राजीनामा दिएका थिए।
साहले नगर पार्टी सभापतिबाट राजीनामा दिएर आफूले स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिनेसमेत बताएका थिए।
सोही अनुसार सोमबार उनले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।