नेकपा एमालेले ललितपुर महानगरपालिकामा मञ्जली शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको छ।
शाक्यले सोमबार उम्मेदवारी दर्ता गरेकी छन्।
माओवादी पृष्ठभूमिबाट आएकी शाक्य नेता रामबहादुर थापा निकट हुन्। एमाले र माओवादी मिलेर बनेको नेकपा अदालतको आदेशपछि विभाजित हुँदा उनी एमालेमा गएकी थिइन्।
सुनाकोठीकी शाक्यलाई २०७४ मा माओवादीले ललितपुर महानगरमा उपमेयरको उम्मेदवार बनाएको थियो। मनोनयन दर्ता गर्न जाँदा मतदाता नामावलीमा नाम नभएपछि पछि हट्नु परेको थियो।
माओवादी द्वन्द्वका बेला उनी केही समय भूमिगत पनि भएकी थिइन्।