राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले सोमबार मनोनयन दर्ता गरेका छन्।
काठमाडौं महानगरको मेयरमा सिफारिस कलाकार मदनदास श्रेष्ठ र उपमेयरमा सिफारिस विनिता मगैयाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
श्रेष्ठ र मगैयाले आफ्नो दलबलसहित निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
हेर्नुहोस् तस्बिरहरू