मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद बढेपछि एमाले कार्यकर्ताले बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
मेयरमा सरस्वती चौधरीलाई उम्मेदवार बनाउने कि नारायण क्षेत्रीलाई बनाउने भन्नेमा विवाद बढेपछि कार्यकर्ताले नगर कार्यालयमा तालाबन्दी गरेका हुन्।
केन्द्रबाट चौधरीलाई मेयर र भोला अधिकारीलाई उपमेयर बनाउने भनिए पनि जिल्लाका नेताहरूले त्यसलाई बिगारेको एमाले सिमराका एक नेताले बताए।
जिल्ला नेताहरूले भने मेयरमा नारायण क्षेत्री र उपमेयरमा चौधरीलाई उम्मेदवार बनाउने प्रयास गरेको ती नेताको दाबी छ।