नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि काठमाडौंका आठ वटा नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ।
बागमती प्रदेश संसदीय दलले कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा उपेन्द्र कार्कीलाई उठाउने निर्णय गरेको छ। कांग्रेसले यहाँ उपमेयर भने टुंग्याएको छैन।
यस्तै गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा दीपक रिसाल र उपप्रमुखमा शान्ति नेपाललाई उम्मेदवार बनाएको छ।
चन्द्रागिरी नगरपालिकामा प्रमुखमा घनश्याम गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
यस्तै तारकेश्वर नगरपालिकाको प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा श्रृजना बुर्लाकोटी उम्मेदवार भएका छन्।
दक्षिणकाली नगरपालिका प्रमुखमा मोहन बस्नेत र उपप्रमुखमा बसन्ती तामाङलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ।
नागार्जुन नगरपालिका प्रमुखमा मोहनबहादुर बस्नेत र उपप्रमुखमा कल्याणी खड्कालाई उठाउने निर्णय भएको हो।
यस्तै बूढानिलकण्ठ नगरपालिका प्रमुखमा विनोद चालिसेलाई उठाउने निर्णय भएको छ। उपमेयर भने टुंगिएको छैन।
शंखरापुर नगरपालिका प्रमुखमा ओम कार्की र उपप्रमुखमा समिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको प्रदेश मुख्यसचिव राजु नेपालले जानकारी दिए।