जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकाको उपमेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ।
गठबन्धनबाट उपमेयरको कोटा पाएको जसपाले सोमबार उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई विराटनगर उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।
उपमेयरका लागि महानगर कमिटी अध्यक्षसमेत रहेका यादवसहित केन्द्रीय सदस्य भूराज राई, डा.रामविलास यादव, उपाध्यक्ष मोहम्मद नसरुल, प्रदेससभा सदस्य विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम सिफारिस भएको थियो।
सिफारिस भएका ८ जनामध्ये जसपाले अमरेन्द्रलाई विराटनगरको उपमेयर उम्मेदवार बनाउने निर्णय गरेको हो।