नेकपा एमालेबाट पोखरा महानगरको मेयर उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन्। सोमबार संसद सचिवालय पुगेर थापाले सांसद पदबाट राजीनामा दिएका हुन्।
सांसद थापाको राजीनामा दिनासाथ स्वीकृत भइसकेको संसद सचिवायलका सचिव हरिराज पोखरेलले जानकारी दिए। संसद सचिवालयले थापाको राजीनामा स्वीकृत भएको सूचना प्रकाशित गरिसकेको छ।
पोखरा महानगरको मेयरमा एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले नेता दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
पौडेलले सुन चोरी गरेको भन्दै सिसिटीभी फुटेज सार्वजनिक भएपछि एमालेले उनको टिकट खोसेर थापालाई दिएको थियो।