नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ।
सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरको मेयर उम्मेदवार बनाएका छन्।
‘मेयरको टिकट पाएको जानकारी मलाई भर्खरै प्राप्त भएको छ,’ चिरीबाबुले सेतोपाटीसँग भने।
उनले केहीबेरमा उम्मेदवारी दर्ता गर्ने बताएका छन्। उनी ०७४ को स्थानीय चुनावबाट पनि मेयर निर्वाचित भएका थिए।
ललितपुरको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको थियो।