राजकिशोर यादवलाई सबैला नगरपालिकाको मेयरमा टिकट दिएको भन्दै त्यसको बिरोधमा एमालेकै नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन्।
एमाले धनुषाका अध्यक्षसमेत रहेका यादवलाई पैसाको बलमा पार्टीले सबैलामा टिकट दिएको कार्यकर्ताले आरोप लगाएका छन्।
यसको विरोधमा मेयरका आकांक्षी नगर अध्यक्ष हरिकिशोर यादव र उनका समर्थकले बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन्।
सबैलाको उपमेयरमा एमालेले किरण कापरलाई टिकट दिएको छ।