नेपाली कांग्रेसले मकवानपुरस्थित हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र काभ्रेको धुलिखेल नगरपालिकामा उपमेयरको उम्मेदवार टुंगो लगाएको छ।
हेटौंडा उपमहानगरको उपप्रमुखमा राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै मकवानपुरकै थाहा नगरपालिका उपप्रमुख भने भरत गोपालीलाई बनाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशले जनाएको छ।
धुलिखेल नगरपालिका उपप्रमुखमा निराजन जंगमलाई उठाउने निर्णय भएको कांग्रेस बागमती कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए।