नेपाली कांग्रेसले काठमाडौं र विराटनगर महानगरको मेयर उम्मेदवार टुंगो लगाएको छ।
काठमाडौंमा महाधिवेशन प्रतिनिधि सिर्जना सिंहले टिकट पाएको बालुवाटार स्रोतले जनाएको छ।
यस्तै विराटनगरमा नागेश कोइरालालाई मेयर उठाउने निर्णय भएको छ। नागेश नेता शेखर कोइरालानिकट मानिन्छन्। उनी कांग्रेस मोरङ उपसभापति हुन्।
ललितपुर महानगरमा भने अहिलेसम्म को उठाउने भन्ने निर्णय भएको छैन। ललितपुरमा चिरीबाबु महर्जनलाई नै टिकट दिने तयारी रहेको स्रोतको दाबी छ।
‘चिरीबाबुलाई नै मेयर उठाउनेबारे कुराकानी हुँदैछ, निर्णय भइसकेको छैन,’ स्रोतले भन्यो।