राप्रपाले विराटनगर महानगरपालिकामा प्रल्हाद साहलाई मेयरको उम्मेदवार बनाउने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार पार्टी महामन्त्री रहेका साहलाई विराटनगरको मेयरमा उठाउने निर्णय भएको छ।
साह विराटनगरका पूर्वमेयर पनि हुन्।
यस्तै उपमेयरमा भने बबिता आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको श्रेष्ठले जानकारी दिए।