झापाको दमकमा पाँचदलीय सत्तागठबन्धनसँग राप्रपाले चुनावी तालमेल गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्तागठबन्धनले राप्रपालाई मेयर उम्मेदवार दिने गरी तालमेल गरेको हो।
राप्रपा नेता राम थापा मेयर उठ्ने भएका छन्।
यहाँ उपमेयर भने नेपाली कांग्रेसले लिने सहमति भएको छ। कांग्रेसले चार वडा, माओवादीले चार वडा र राप्रपाले दुई वडामा उम्मेदवारी दिने सहमति भएको छ।
यहाँ एकीकृत समाजवादी र जसपा भने गठबन्धनमा सामेल छैन।
०७४ मा भएको स्थानीय चुनावमा यहाँ एमालेका उम्मेदवार रोमनाथ ओली निर्वाचित भएका थिए।