नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।
केही जिल्लाहरूमा एकीकृत समाजवादीविनै चुनावी तालमेल भइरहेका छन्। त्यसतर्फ संकेत गर्दै उनले गठबन्धन सम्मानजनक नभएको बताएकी छन्।
उनले गठबन्धनभित्र रहेका दलहरूका बीचमा पनि हार्दिकतापूर्ण वातावरण नबनेको बताएकी छन्।
वार्ता र संवादमा दम्भ देखिएको उनको भनाइ छ। गठबन्धनभित्रकै केही नेताका अभिव्यक्ति सुन्दा यसको एकदिन हिसाव मिलान गर्नुपर्ने देखिएको उनले बताएकी छन्।
‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ,’ मन्त्रीसमेत रहेकी उनले ट्वीट गर्दै भनेकी छन्, ‘हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस!’