स्थानीय तह निर्वाचन २०७९ को उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार वीरेन्द्रनगरमा २९ जनाले उम्मेदवारी दिएका छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्रनगरका अनुसार वीरेन्द्रनगर नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी परेको छ।
कार्यालयका अनुसार मेयरमा नेपाल दलित पार्टीबाट निलकण्ठ भुषालले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रबाट उमानन्द पंगालीले उम्मेदवारी दर्ता गराएका छन्।
उपमेयरमा नेपाल दलित पार्टीबाट भूमिसरा बिक, नेकपा माओवादी (समाजवादी) बाट बिमला पुन मगर, नेपाल मजदुर किसान पार्टीबाट बिजुकला राना र स्वतन्त्रबाट भोजप्रसाद प्रसाईंले मनोनयन दर्ता गराएका छन्।
वडा अध्यक्षमा स्वतन्त्रबाट दुई जनाले उम्मेदवारी दिएका छन्। वीरेन्द्रनगर–१२ को अध्यक्षमा नारायण कार्की र वीरेन्द्रनगर–९ को अध्यक्षमा चेतनसिंह ठकुरी स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस्तै वीरेन्द्रनगर–१२ वडाध्यक्षमा नेकपा माओवादी (समाजवादी) बाट नरेश कामीले उम्मेदवारी दिएका छन्।
नेपाल मजदुर किसान पार्टीबाट वीरेन्द्रनगर–८ को अध्यक्षमा रमाकुमारी गुरुङ, वडा नम्बर २ को अध्यक्षमा पन्नालाल बुढा, वीरेन्द्रनगर–१० को अध्यक्षमा निरक शाही, वीरेन्द्रनगर–२ को अध्यक्षमा गगन कामी, वीरेन्द्रनगर–३ को अध्यक्षमा सुरेशबहादुर अधिकारी र वीरेन्द्रनगर–९ को अध्यक्षमा रुपसिंह रोकायाले उम्मेदवारी दिएका छन्।
सदस्यमध्ये नेपाल मजदुर किसान पार्टीबाट वीरेन्द्रनगर–१ को सदस्यमा हिमबहादुर शाही, दलित महिला सदस्यमा दुर्गाकुमारी विक, महिला सदस्यमा रेखा शाही, वडा नम्बर ९ को सदस्यमा समीक्षा आचार्य, देविराम सिजापति, माल्के बोहोरा, लक्षु शाही, वडा नम्बर २ को सदस्यमा नरबहादुर बुढा, वडा नम्बर १२ को सदसयमा खम्मरसिंह कामी, कालुसिंह दमाई, वडा नम्बर ३ को सदस्यमा कृष्णप्रसाद जैसी, दलित महिला सदस्यमा रामसरी सार्की, वडा नम्बर ४ को सदस्यमा गोविन्द नाथ योगइ र महिला सदस्यमा शान्तिदेवी गिरीले उम्मेदवारी दिएका छन्।