नेकपा एमालेका पुराना नेता रामसेवक यादवले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
राजनीतिमा फैलिएको फोहोर सफा गर्न भन्दै पिँडारी चोकका ७९ वर्षीय यादवले आइतबार उम्मेदवारी दर्ता गराएका हुन्।
‘विचारमा कटुता, व्यवहारमा पुँजीवाद र आपसी सद्भावको विखण्डन भइरहेको छ। त्यसलाई एकरुपता ल्याउन मैले उम्मेदवारी दिन लागेको हुँ,’ उनले सेतोपाटीसँग भने।
एमालेको नीतिमा विचलन आएको र योगदानको कदर नभएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।