विराटनगर महानगरपालिकाको मेयरमा सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दर्ता गराएको छ।
सो पार्टीका तर्फबाट अरूणकुमार मण्डलले मेयरमा उमेदवारी दर्ता गराएका हुन्।
भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य एजेण्डा भएको बताउँदै उम्मेदवारी दर्ता गरेका मण्डल सो पार्टीका महानगर अध्यक्ष पनि हुन्।
उनीबाहेक अहिलेसम्म विराटनगरको मेयर पदमा सक्रिय गौतम र उमेश यादवले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू दुवैले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।