राप्रपाले केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई सुर्खेतस्थित वीरेन्द्रनगरको मेयर पदमा उठाउने भएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गिरीलाई वीरेन्द्रनगरको मेयर उठाउने निर्णय भएको बताए।
‘केन्द्रीय नेतालाई पनि मेयरमा उठाएका छौं। वीरेन्द्रनगरमा उपाध्यक्ष गिरी मेयर उठ्नुहुन्छ,’ उनले भने।
साथै अन्यत्र पनि उम्मेदवार उठाउनेबारे पार्टीले छलफल र निर्णय गर्दै आएको उनले बताए।