जनकपुरधाम उप-महानगरको मेयरका लागि सिके राउत नेतृत्वको जनमत पार्टीबाट अनिता साहले उम्मेदवारी दर्ता गराएकी छन्।
जनकपुरधाम उपमहानगपालिका भित्र रहेको निर्वाचन कार्यालयमा उनले मनोनय पत्र दर्ता गराएकी हुन्।
जनकपुरधाम उपमहानरपालिका वडा नम्बर ४ घर भएकी उनी जनमत पार्टीको पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुन्।
महिला अधिकारको क्षेत्रमा उनी विभिन्न संघ संस्थामार्फत काम गर्दै आएकी थिइन्।
त्यसैगरि नेकपा एमालेले टिकट नदिएपछि जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमा उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीले योगदान गर्नेलाई नभई पैसा भएको व्यक्तिलाई टिकट दिने निर्णय गरेपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए।