नेपाली कांग्रेसले भ्युटावर नबनाउने प्रतिबद्धता जनाएको छ।
आज घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले जनताको करबाट भ्युटावर र स्वागद्वारजस्ता संरचना नबनाउने प्रतिबद्धता जनाएको छ।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताले आज सानेपामा कांग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक गरेका थिए।
महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले चुनावी घोषणा पत्र बनाएको हो।
उक्त घोषणा पत्रमा ‘जनताको करबाट उठेको राजश्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं' भन्ने उल्लेख छ।