नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ।
महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र बनाएको थियो।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र शीर्ष नेताले घोषणा पत्र सार्वजनिक गरेका हुन्।
कांग्रेसले भ्युटावर नबनाउने प्रतिबद्धता जनाएको छ।
जनताको करबाट भ्युटावर र स्वागद्वारजस्ता संरचना नबनाउने प्रतिबद्धता जनाएको छ।
घोषणा पत्रमा ‘जनताको करबाट उठेको राजश्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं' भन्ने उल्लेख छ।
यस्तो छ घोषणापत्र: