ललितपुर महानगरपालिका-१० का अध्यक्ष नरसिंह व्यञ्जनकारले फेरि वडाध्यक्ष बन्न उम्मेदवारी दर्ता गरेका छन्।
व्यञ्जनकार ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन्। आइतबार उनले ११ औं पटक उम्मेवदार दर्ता गराएका हुन्।
आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय जावलाखेल पुगेर व्यञ्जनकारले वडाध्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
व्यञ्जनकारले ललितपुर महानगरपालिका-१० का आधा शताब्दिदेखि नेतृत्व लिदै आइरहेका छन्।
‘सबैले तपाईं चुनावमा उठ्नुपर्छ भनेपछि उठ्ने निधो गरेको हुँ’, उनले भने ‘सबैले भनेपछि उम्मेदवारी दर्ता गरेको हुँ।’
व्यञ्जनकारले २०२९ सालमा पहिलोपटक अध्यक्षमा जितेका थिए। उनले २०४९ मा बाहेक अहिलेसम्म सबै चुनाव स्वतन्त्र उम्मेवदार बनेर जितेका छन्।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारी दर्ता हुँदैछ।
यो पनिः फेरि चुनाव लड्ने तयारीमा आधा शताब्दीदेखिका वडाध्यक्ष