धादिङमा सत्तागठबन्धनले स्थानीय चुनावका लागि भागबन्डा गरेका छन्।
१३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले सात स्थानीय तहको प्रमुख पाएको छ भने एक स्थानीय तह पछि टुंग्याउने सहमति भएको छ।
नेकपा एकीकृत समाजवादीले तीन स्थानीय तह प्रमुख पाएको छ। नेकपा माओवादी केन्द्रले दुई स्थानीय तह प्रमुख पाएको छ।
जिल्ला समन्वय समितिमा पनि अहिले नै भागबन्डा भएको छ। जिसस प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ।
बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको सत्तागठबन्धन बैठकले भागबन्डा गर्ने सहमति गरेको थियो।
०७४ सालमा पनि धादिङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।