गठबन्धनको तर्फबाट जसपाले लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएको छ।
दुई दिनदेखि जनकपुरमा बसेको जसपाको बैठकले आइतबार जनकपुर उपमहानगरपालिकाको मेयरमा साहलाई उठाने निर्णय गरेको जसपाका युवा नेता जितेन्द्र यादवले सेतोपाटीलाई जानकारी दिए।
गठबन्धनबाट जनकपुरको उपमेयरमा कांग्रेसले उम्मेदवार बनाउने जिम्मा पाए पनि अहिलेसम्म टुंगो लगाएको छैन। नेकपा एमालेले पनि जनकपुरमा उम्मेदवार टुंग्याएको छैन।