नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ। टिकट बाँडफाँटको बिषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन्।
मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुंगो नगरेको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेको जिल्लास्थित एक नेताले बताए। उनीहरूले पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
‘पार्टी नेतृत्वले कार्यकर्ताको भावनाविपरीत काम गरिरहेको छ,’ नेपाली कांग्रेस प्रदेश सभा क का क्षेत्रीय सचिव सुन्दर आचार्यले भने, ‘नेताको कदम नसच्चिए पार्टी दुर्घटनमा पर्ने देखिन्छ।’
विवाद चर्कँदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाउन सकेको छैन्।