वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरू भएको छ।
निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरू भएको छ।
उम्मेदवारी दर्ता गराउन अहिले उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालय पुग्न थालेका छन्।
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिन लागेका गोपाल हमालले बाजागाजासहित र्याली निकालेका छन्।
२०७४ को चुनावमा हमाल साझा पार्टीबाट धनगढीको मेयर उठेका थिए। त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए।