चितवनमा सत्तागठबन्धनले भागबन्डा गरेर उम्मेदवार उठाउने भएका छन्।
ने कांग्रेसका सचिव ध्रुव पोखरेलले सबै स्थानीय तहमा वडासम्मै भागबण्डा टुंगिएको बताए।
भरतपुर महानगरपालिकामा २० वटा वडा नेपाली कांग्रेसले पाउने सहमति भएको पोखरेलले बताए।
माओवादी केन्द्रले पाँच र नेकपा एकीकृत समाजवादीले ती वटा वडा पाउने टुंगो लागेको छ।
भरतपुरको वडा नम्बर २६ मा भने कांग्रेस र माओवादी दुवैले दाबी नछाडेका कारण यहाँ दुवै पार्टीका उम्मेदवार हुने सम्भावना छ।
भरतपुरका १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडाहरु कांग्रेसको भागमा परेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर भएको वडा पनि कांग्रेसले लिएको छ। प्रचण्डले वडा नम्बर १४ मा घर बनाइरहेका छन्।
भिडिओ:
यस्तै माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेका छन्। एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडा पाएको छ।