नेकपा एमालेले डाेटीका सबै स्थानीय तहमा उम्मेदवारकाे टुंगो लगाएकाे छ।
नाै स्थानीय तहमा नगरपालिकाका मेयर तथा उपमेयर, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारकाे टुंगो लगाइएको हो।
दीपायल सिलगढी नगरपालिकाकाे प्रमुखमा लक्ष्मण मलासी र उपप्रमुख रुपा कठायतलाई उम्मेदवार बनाएकाे हाे।
त्यसैगरी शिखर नगरपालिकाकाे प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ल, पूर्वीचौकी गाउँपालिकामा अध्यक्ष कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउँदलाई उम्मेदवार बनाएकाे छ।
बढीकेदार गाउँपालिकामा,अध्यक्षमा चक्रवहादुर घर्ति ,उपाध्यक्षसपना सिराडी, आदर्श गाउँपालिकामा अध्यक्षमा डम्मर ओली र उपाध्यक्षमा जानकी खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको हाे।
बोगटान फुड्सिल गाउँपालिकामा हस्तबहादुर बुढा र ज्ञानु मल्ल बम अध्यक्ष र उपाध्यक्षमा चुनाव लड्ने छन्।
जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकामा अध्यक्ष– तेजबहादुर डुम्रेल, उपाध्यक्षमा बिष्नादेवी सिंह र केआईसिंह गाउँपालिकामा अध्यक्षमा तेजवहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवरलाई उम्मेदवार बनाएकाे पार्टीले जनाएको छ।