आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा जिल्ला सभापति दिनेश राई, पाख्रिवास नगरपालिकामा ज्ञान बहादुर गुरूङ र महालक्ष्मी नगरपालिकामा ध्रुवराज राईले नेपाली कांग्रेसको तर्फबाट मेयरको टिकट पाएका छन्।
नेपाली कांग्रेस १ नम्बर प्रदेश कार्य समितिको संसदीय समिति बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाए नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए।
गठबन्धनबाट कांग्रेसको भागमा परेका पालिकामा कांग्रेसले उम्मेदवारी टुंगो लगाएको हो।