राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं, ललितपुर, वीरगन्ज र पोखरा महानगरपालिकासहित अधिकांश नगरपालिकामा मेयरका उम्मेदवार टुंगो लगाएको छ।
आइतबारसम्म सबै पालिकाको उम्मेदवार तोकिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
काठमाडौं महानगर नगर कमिटीले कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ भने ललितपुर महानगरको मेयरमा राप्रपाको ललितपुर जिल्ला अध्यक्षसमेत रहेका अष्ट महर्जनलाई उठाउने निर्णय भएको छ।
त्यस्तै, पोखरा महानगरपालिकामा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका शंकर खराल र वीरगन्जमा पत्रकार गिरीश गिरीलाई मेयर पदमा उम्मेदवार बनाउने राप्रपाको निर्णय छ।
को कहाँ उम्मेदवार?
काठमाडौं महानगरपालिका
मेयर- मदनदास श्रेष्ठ
उपमेयर- विनिता मगैया
ललितपुर महानगरपालिका
मेयर- अष्ट महर्जन
उपमेयर- स्वर्णिमा शाक्य
पोखरा महानगरपालिका
मेयर- शंकर खराल
उपप्रमुख- रञ्जु सेन
वीरगन्ज महानगरपालिका
मेयर- गिरीश गिरी
उपमेयर- बिना जयसवाल
बुटवल उपमहानगर
मेयर- मृगेन्द्र शेरचन
त्यस्तै सिद्धार्थनगरमा सागरप्रताप राणा, देवदहमा माधव रिमाल, तिलोत्तमामा भुवन खनाल, सैनामैनामा मीनप्रसाद घिमिरे, तानसेन नगर प्रमुखमा सुदीप रेग्मी र उपप्रमुखमा बिर्जु खातीलाई उम्मेदवार बनाएको छ।
झापाको दमकमा राम थापा, गौरादहमा गोपाल पौड्याल, उपमेयरमा भरिपूर्ण राई, जिरीको मेयरमा किरण खड्का, उपमेयरमा श्रृष्टि न्यौपानेलाई उम्मेदवार बनाइएको छ।
ललितपुरको गोदावरीमा मेयरमा राजकुमार महर्जन, उपमेयरमा रञ्जिता श्रेष्ठ खत्री, झापाको कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल, उपमेयरमा सबिना बजगाईं, झापाकै बाह्रदशीमा रामकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की, हल्दिबारीको प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनालीलाई उम्मेदवार बनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुखमा गजेन्द्र चन्द, उपमेयरमा हेलेन श्रेष्ठ, बेलौरी नगरपालिका प्रमुखमा अभिषेक जोशी, दार्चुलाको गोकुलेश्वर नगरपालिका प्रमुखमा रामानन्द सरस्वती, बर्दियाको मधुवन नगर प्रमुखमा गिरिराज पुरुष, तनहुँको व्यास नगरको प्रमुखमा दौलत अधिकारी, भानु नगर प्रमुखमा शेरजंग अधिकारी, भिमादमा विष्णुभक्त खनाललाई उम्मेदवार बनाएको छ।
त्यस्तै शुक्लागण्डकीमा विष्णु थापा मगर, बाराको निजगमा मेयरमा सावित्री देवी भारती, उपमेयरमा वासुदेव तिमल्सिना, स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा मुन शाह र उपमेयरमा जीवन पंगेनी, पुतलीबजारमा तुलसिंह ठकुरी, गोरखा नगरपालिका प्रमुखमा रूद्रराज पाण्डे र उपप्रमुखमा सम्झना लामिछाने, काठमाडौंको बुढानिलकण्ठ नगर प्रमुखमा निनादेवी भेटवाल, कोहलपुर नगर प्रमुखमा प्रदीप शाह र उपप्रमुखमा सावित्रा घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
धेरै स्थानीय तहमा उमेदवारी टुंगो लगाउन बैठक जारी छ। राति अबेरसम्म अधिकांश स्थानीय तहको उमेदवारी टुंगो लाग्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।