बढ्दो सूचना प्रविधिलाई मध्यनजर गर्दै इस्लिङटन कलेजले आईटीमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। इस्लिङ्टन कलेजमा ब्याचलरमा आइटीका साथै बिबिए पनि पढाई हुन्छ।
विद्यार्थीले आइटीका विषय रोजेर पढ्न पाउँछन्। त्यसैगरी मास्टर्समा पनि एमएससी आईटी अन्तर्गत डाटा एनालाइसिस र कम्प्युटर नेटवर्किङ एण्ड साइबर सेक्युरिटी पढ्न पाउने व्यवस्था छ।
ब्याचलरमा बिबिए र आईटीको ३ वर्षीय कोर्ष पढ्न यस कलेजमा १० लाख ७५ हजार खर्च लाग्छ। एमएससी आईटी २ वर्षीय कोर्ष अध्ययन गर्न ६ लाख शुल्क निर्धारण गरिएको छ।
त्यसैगरी यस कलेजले केही समय अघिबाट चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष सुरु गरेको छ। जसको लागि ९ लाख शुल्क निर्धारण गरिएको छ।
कलेजले ब्याचलर लेवलमा छात्रवृत्तिको व्यवस्था गरेको छैन भने मास्टर्समा राम्रो पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था छ।
नेपालमा २०११ सालमा स्थापित यस कलेजले बेलायतको लन्डन मेट्रोपोलिटन विश्व विद्यालयको सम्बन्धनमा एमबिए कोर्ष पनि थालेको हो। यो कोर्ष अध्ययनपछि नेपाल लगायत विश्वका कुनै पनि मुलुकको व्यवसाय अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने छ।
आधुनिक प्रविधिले सु–सज्जित शान्त वातावरणमा पढाई हुने यस कलेजमा अलि बाबा डट कम लगायत अन्य अन्तर्राष्ट्रिय संघ संंस्थाहरूसँगको समन्वयमा विद्यार्थीलाई अध्ययन तथा अध्यापन गराइन्छ।