गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा जनधनको क्षति भएको छ।
पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको भूकम्पले घर भत्किँदा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।
घाइते भएका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
खप्तड केन्द्र भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए।
उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा खट्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको नेपाली सेनाले जनाएको छ।
घटनास्थलमा रहेका नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले भूकम्प प्रभावितलाई सहयोग गर्न अपिल गरेका छन्।
राहत सहयोग गरिदिन उनले आग्रह गरेका हुन्।
तस्बिरहरू: