सल्यानको कुमाख गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरेको छ।
गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर र स्वास्थ्य शाखाका संयोजकलाई कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।
माघ २ गतेसम्मका लागि गाउँपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष डिल्लीराज जैसीले जानकारी दिए।
‘मुख्य व्यक्तिलाई नै कोभिड भएपछि सेवा प्रवाहमा त्यसै पनि असर पर्छ, उसो त २ गतेसम्मका लागि सामान्य सेवाहरू बन्द गरिएको छ,’ उपाध्यक्ष जैसीले भने।