Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
शनिबार, फागुन ३०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

एकादेशको तिहार

Nmb
Nmb
सिन्धु गौतम पोखरेल

सिन्धु गौतम पोखरेल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

ए - भन भन साथी हो , भैलीराम।

 ए - यो घर कस्तो,

 ए - सिंहदरबार जस्तो ।

 ए - यो आँगन कत्रो,  टुँडिखेल जत्रो ।

ए - आक्कुम पाक्कुम,

ए - सेलरोटी चाख्कुम।

ए -साइकलको घन्टी, छिटो दिनुस् अण्टी।

रहरै त हो, उसैमाथि वर्षदिनको चाड।

तिहारमा स- साना नानीहरूले भट्याएको भैली यो।

Ncell
Ncell

यी साना नानीहरूको रहर र चंचलता हेर्दा आफ्नो बाल्यकालको सम्झना ताजा भएर आयो मेरो पनि।

तिहारमा भैलो कसले भट्य़ाउने,  कसको स्वर राम्रो, समूहमा को कोलाई  मिसाउने, भैली खेलेर उठेको पैसा कसले राख्ने, दसैंपछि तिहार नआउदाँसम्म  स्कुलबाट घर फर्कंदा बाटामा दिनहुँ गर्ने सल्लाह हाम्रो।

तिहारमा भैली खेलेर जम्मा पारेको  पैसाले बारीको पाटोमा भैली भोज गर्थ्यौं हामी पनि। 

यो घरका मालिक र मालिक्नीलाई पाँचै पुत्र, तिनै कन्या भैपोमा जाऊन्, बाँसै झैं नुगी जाऊन्, काँसै झैं फुली जाउन्, भन्दै हामीले भट्याउने उबेलाका भैली र भैलीले दिने आशिष र  दुई  मात्र सन्तान, ईश्वरका वरदान भन्ने आज भोलिको जमानामा त मिति गुज्रेका औषधि जस्तै भएछन् अब, सहरमा जन्मे हुर्केका आजभोलिका बच्चालाई बाँस नुहेको र छानामाथि घिरौला फलेको कुरा नि एकादेशको कथा विचरा! त्यसैले त समय र ठाउँ अनुसार साइकलको घन्टी, आक्कुम  पाक्कुम, साइकलको घन्टी भैली गीत सिकेका। 

भुरे - भारेको रहर र समूह मात्र होइन ,आजभोलि सहरमा भैली खेल्ने कति कति  गितारे समूह , आधुनिक भैली, कुन्नी के जाति  क्लब, मौलिक भैली यो त्यो……भैली समूह यस्तै यस्तै।

भोलि बेलुका ८ बजे आउँछौं है भन्दै चिठी थमायो एउटा समूहले फेरि।

यस्तै यस्तै चिठी थमाएर अग्रिम समय रोक्का गर्ने चलन नि गजबकै चलेछ आजकल।

लक्ष्मीपूजा सक्दा नसक्दै  ओ केटा हो, दाम्मी भट्टा ल, गाँठ त दर्रो  झार्नुपर्छ भन्दै एउटा समूहभित्र छिर्यो।

आधुनिक भैली समूह रे त्यो।

ओ भन भन भाइ हो, ओ  घरबेटी आम्मै भन्दै यसो २/४ चोटी त  भैली भट्याएको हो कि जस्तो लाग्छ त्यसपछि भने खोइ के खोइ के ड्याङ्गड्याङ्ग डुङ्गडुङ्ग, तन्द्राङ्गतुन्ग्रुंग कनिकुथी खोइ के गाए नाचे, विचार गर्दा  त नचाउनु भन्दा नि धपाउनु पो बेस होला कि जस्तो लागेर ३ वटा हात्ती चढाएको त ह्या यति मात्रै भनेर ओठ पो लेप्र्याउछन् बा।

उनीहरूको रेट नै १० हजार रे भैलीको नि रेट जिल खाँदै ७ वटा हात्ती चडाएपछि बल्ल तल्ल पार लगाउँदा ठूलै पहाड फोरे जस्तो भयो आफूलाई पनि।

एकछिन सन्तोषको सास फेर्दा नफेर्दै यहाँ प्लग कहाँ होला भन्दै ठूलै साउण्डबक्स बोकेर भित्र छिर्छ अर्को चिठी समूह फेरि, वाइफाइको पासवोर्ड पाउँन रे अझ, फेसबुके भैलो पर्यो कि क्या हो यो भनेर एकछिन टोलाए छु क्यारे। लौ न छिटो बताइदिनुपर्यो भन्दा पो झसङ्ग भएँ।

ला  इन्टरनेट नभए त झुरै भयो नि, ठीकै छ डाटा अन गरेर भए पनि खेलौं न भन्दै एकछिन युट्युबबाट भैली सुनाएपछि त दूध दही खायो भने लाग्ने कैले कैले  बोतलको पानीले भन्ने गीत घन्काएर पो भैली नाच्छन् बा।

उनीहरूको हाउभाउ हेर्दा बोतलको पानीकै करामत झल्किन्थ्यो पनि।

एकछिनको टोल थर्काइपछि उनीहरूका माग नि उस्तै १० हजार भन्दा तलको पैसा त कसैले  कुरै गर्दैनन् पो।

वास्तविक भैली गीत सुन्न  र नाच हेर्न त रहरै होला जस्तो लागेको बेला हातमा बाँसुरी, मादल बोकेर मारुनीको भेषमा सजिएर एउटा समूहभित्र छिर्यो।

बल्ल मनको कुरा पूरा भएकोमा दंग परेर रमाइरहेको बेला अचानक हिन्दी गीत  साउण्ड बक्समा बजाएर टोल नै थर्काएर भैली खेल्ने अर्को समूह पो छिरेछ छिमेकीको घरमा त।

मौलिक भैलो गाएर नाचगान गर्नेको आवाज नै दबिने गरी आएको त्यो आवाजले तिहार जस्तो साँस्कृतिक र मौलिक चाडमा पनि यस्तो विकृति भित्रिदा नरमाइलो त लाग्यो नै  तर पनि बुझ्नेले कुरा  नबुझे पछि।

यस्तै यस्तै भैली नाच हेर्दा  र कार्तिकको दान दिँदा र भैलीको आशिष लिँदा आफ्नो भने आधा खल्ती त रित्तिसकेछ।

तिहारे बजारको रमझम बेग्लै छ फेरि।

रंगीचंगी फूलमाला, उपहार, झिलिमिली बत्ती आदि/इत्यादि आहा!  

पहिले पहिले त भाइटीकामा बिमिरो पुज्ने गरेको अब काँ पाउनु यही भोगटेले नि काम चलाउनु पर्यो।

‘ए साहुजी यो भोगटेको कति होला?’

 ‘१०० रूप्पे।’

‘हँ अस्तिसम्म त ३०- ४० मै पाइन्थ्यो त जाबो एउटा भोगटेको नि यत्रो पैसा?’

‘जाबो भा  नलानु नि  मान्छे नि ताल तालका आउँछन्।’

भोगटे व्यापारी र  ग्राहक महिलाबीचको संवाद।

‘ए साहुजी यो मखमली फूलको माला मिलाएर दिनु नि’

‘बेच्न त ३ सयमा पर्ने हो ठीकै छ मिलाएर २५० मा लानु नि’ हेर्नुस् यो फूलको माला यस्तो उस्तो फूलबुट्टा भरेर प्रचार गर्दैछ ऊ।

‘आफ्नो सामानको एउटा मालै  त हो १०० मा त आउँछ है साहुजी।’

‘आउँछ  हजुर आउँछ १०० किन हजुरलाई ५० मै दिउँला नि, ५० मा दिने भए त ७/८ वटै दिनु नि भन्दै फुरुङ्ग पर्दा ‘आज त कहाँ हो र हजुर भाइटीकाको भोलिपल्ट आउनू है’ भन्दै नमिठो व्यंग्य गर्दा अमिलो मुख पारेकी ग्राहक र माला व्यापारी बीचको वार्तालाप।

अनि यति धेरै पैसा खर्चेर किनेको २ दिनमा ओइलाउने फूल भन्दा त प्लास्टिक कै फूल किन्न बेस एकचोटी किनेपछि २/ ४ वर्षलाई चलिहाल्छ भन्दै प्लास्टिक फूलप्रति ग्राहकको आकर्षण।

हेर मौकाको फाइदा उठाएको सामानको भाउ दोब्बर तेब्बर बढाएर लुटको व्यापार नै भो है अनुगमन गर्ने कसैले? हैन ठूलालाई जति महँगो भए नि मर्का पर्ने होइन क्यारे हाम्रो मर्का कसले बुझ्ने?

‘हैन मलाई यति पैसाले कहाँ पुग्छ र भनेको उपहार किन्ने समान नि कहाँ  छोइसक्नु छ र? फेरि दिदीबहिनीले नि कस्ता कस्ता उपहार ल्याउने हुन्। मेरो सारै कमसल हुनु पनि त भएन नि अलि चाहिन्छ है मलाई।’

‘मिलाएर किन न आइहाल्छ नि, मैले नि त दिदीबहिनीको लागि दक्षिणा छुट्याउनुपर्यो। यसपालि त भैली खेल्ने समूह नि कति फेरि, भैली नि मोलमोलाइमा खेल्ने चलन कस्तो आयो खोइ?  एउटा चाड सकिन नपाउँदै अर्को चाड आइहाल्छ बजारभाउ र भड्किलो चलनले त चाडवाड नि बोझिलो पो बन्न लाग्यो अब।’

तिहारे बजारको क्रममा  सुनिएका फरक-फरक संवाद र गुनासा सुन्दा मलाई भने एकादेशको तिहारको सम्झना  ताजा भएर आयो।

तिहार, अनेकौं मान्यताहरू सँगसँगै दाजुभाइ र दिदीबहिनी बीचको मायाप्रेमको अटुट बन्धन दर्शाउने यो चाड।

मेरा दाजुभाइलाई तिहारमा माला लगाइदिने  मखमली, सयपत्री, गुर्धौली फूल भन्दै रोपिने फूलका बिरूवामा  पनि भाइबहिनी बीचको माया रोपिन्थ्यो र त्यहीँ माया प्रेमको स्पर्शले फूलका  बिरूवा हुर्कन्थे।

तिहारमा फुल्ने यिनै रंगीचंगी फूलका थुंगालाई मालामा उन्दा फूलसँगै मायाको माला उनिन्थ्यो।

फरक/फरक फूलका माला र पगरी भाइटीका लगाइदिएर दाजुभाइलाई पहिर्याइदिँदा दिदीबहिनीलाई आउने आनन्दको अनुभूति बेग्लै हुन्थ्यो।

दसैं सकिनासाथ  भाइटीकामा घाँजी  बनाउन  भन्दै  पाकेका फर्सीका विया घाममा सुकाएर, फोकेर पोको पारेर राख्दा पनि भाइबहिनी बीचकै मायाको पोको पर्थ्यो।

हाडे ओखरलाई फोरेर ओखर घाँजी निकाल्दा सियोको टुप्पोले हातमा घोच्दा पनि खासै प्रवाह हुँदैनथ्यो। 

बिहे गरेर गएका दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारमा पकाउने परिकारको लागि सङ्गाल्ने घ्यु, तेलको थोपा थोपामा पनि माया सङ्लिन्थ्यो।

भाइटीकाको लागि बनाइएका हरेक परिकार च्युरीका पातबाट गाँसेको सातफेरे टपरीमा सजाएर राख्दा भाइबहिनीबीचको माया सजिन्थ्यो।

भाइबहिनीको बीचमा लगाइने त्यो सप्तरंगी टीका निधारमा  टाँसिदा भाइबहिनीबीचको पवित्र माया टाँसिन्थ्यो।

औंसीको दिनदेखि सुरू हुने देउसी भैलोमा  घिन्ताङ् घिन्ताङ् बज्ने मादलको तालले गाउँ नै तिहारमय हुन्थ्यो।

मादल र बाँसुरीको तालमा भैली भट्याएर दिइने आशिषको मिठास र मार्मिकता बेग्लै हुन्थ्यो।

मारुनीको भेषमा सजिएका भैली दाइहरूको नाच अनि ( देउ न पैसा हो बुलाकीमा, टिकियामा थपन देउ न पैसा) भनेर  नाच्दै गाउँदै  मारुनीले टोपी र पछ्यौरी फिजाउँदा र त्यसमा २/४ पैसा दिन पाउँदा हुने रमाइलो अनुभूति  अनि भैली नाचको पछि लागि  गाउँमा डुलेर  रातभरि नाच हेर्दा पनि नअघाइने त्यो समयको तिहार अनि  भैलो मेरो स्मृतिमा नाचिरहँदा र आज सहरमा (घरबेटी आमै) बन्दाको अनुभव अनि तिहारे बजारमा सुनेका गुनासा  र भोगेका भोगाइले एकछिन गम खान्छु।

हामी अलि बढी नै आधुनिक भयौं वा समयको माग नै यस्तै हो खोइ???

हाम्रो मौलिक पर्व तिहार ( दिपावली) अब दिवाली भएको छ।

भैली गीत छिमेकीले पठाएको छ।

दीपावली गर्न बनाइएका माटोको दियो  छोडेर मैनबत्ती र झिलिमिली बत्तीको  चलन बढ्दो छ।

सयपत्री र मखमली फूलको ठाउँमा प्लास्टिकका फूलले बजार लिएको छ।

भाइटीकामा टीकाको भन्दा बढी उपहार लेनदेनकै चर्चा र महत्व बढ्दै छ।

हे भगवान्, आधुनिकताको नाममा भित्रिने  यस्तै नयाँ नयाँ  चलनले आउँदा वर्षहरूमा तिहार कतै  प्लास्टिकको फूल जस्तै हुने त हैन!

 

 

 

 

 

 

           

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १४:११
सिफारिस
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!
कंगारू किक हान्ने चुन्टे!
म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!
मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP